काठमाडौँ, वैशाख ७ गते । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर आज बिहान काठमाडौं आइपुग्नुभएको छ । आज सोमबार बिहान काठमाडौँ आइपुग्नुभएका उहाँलाई नेपालस्थित अमेरिकी दूतावासमा कार्यबाहक राजदूत स्कट अरबमले स्वागत गर्नुभएको हो ।
सहायक विदेशमन्त्री कपुर बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि नेपाल आउने अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुनुहुन्छ । कपुर बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आउनुभएको हो ।
काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारीरहेको बताइएको छ । तीन दिनका भ्रमणमा आज सोमबार नेपाल आउनुभएका कपुर बुधबार फर्किनुहुने कार्यसूची रहेको छ ।







