लुम्बिनी, वैशाख ६ गते । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । लुम्बिनी प्रदेशसभाको बैठक आज आइतबार अपराह्न १ बजे बस्ने कार्यसूची रहेको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आज बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा तीन कार्यसूची तय गरिएको  छ । बैठकको सुरुआतमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्नुहुनेछ । 

यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने ले‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची तय गरिएको बताइएको छ ।