१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह ★   भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति

राष्ट्रिय

वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई

काठमाडौँ, वैशाख ७ गते । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीका अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ...

सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

काठमाडौँ, वैशाख ७ गते । सूचना प्रविधि विभागले सरकारी ‘वेबसाइट’हरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ । सरकारी एकीकृत बेवसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु ...

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो

भक्तपुर, वैशाख ७ गते । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइचो लागेको छ । अन्य दिन दर्शनार्थीले मन्दिर प्रवेश नगरी पश्चिम ढोकाबाटै दर्शन गर्ने व्यवस्था गरिएको भए पनि अक्षय तृतीयाका ...

चट्याङ लागेर एक युवकको मृत्यु

गोरखा, वैशाख ७ गते । गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आइतबार साँझ चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका–५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको उपचारका क्रममा गएराति मृत्यु भएको हो ...

आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४ सवारीसाधनमा क्षति

चितवन, वैशाख ७ गते । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४ सवारीसाधनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालका अनुसार इच्छाकामना गाउँपालिका–३, ४ र ५ कुरिननिटार, मुग्लिन सहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यमा जाँदै ...

कामपाद्वारा प्राचीन मूर्ति पुनःस्थापित

काठमाडौँ, वैशाख ७ गते । काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै स्थानमा फिर्ता गराउन थालेको छ । कामपाले विश्व सम्पदा दिवसको अवसर पारेर ...

पाँचथरको फालोट क्षेत्रस्थित ‘गोठ–बास’मा पर्यटक आकर्षित हुँदै

पाँचथर, वैशाख ७ गते । पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पु¥याएको छ । विसं २०७४ सालदेखि समुन्द्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट ...

आजको मौसमः केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, वैशाख ७ गते । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । ...

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

काठमाडौँ, वैशाख ७ गते । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी सो आयोजना प्रस्ताव ...

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी, वैशाख ७ गते । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको हो । नेपाल पन्छी संरक्षण सङ्घले ...