काठमाडौँ, मङ्सिर ३ गते । काठमाडौँ जिल्ला अदालतले ईनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौँले ईनमसहित सुशील भट्ट र महेश श्रेष्ठलाई थप एक साता थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले ईनमविरुद्ध राष्ट्र बैङ्क ऐन २०५८ अन्तर्गतको कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ । एक साता अघि पक्राउ परेका ईनमसँग सम्बन्ध जोडिएको देखिएपछि महेश श्रेष्ठ र सुशील भट्टलाई पक्राउ गरिएको हो ।

नेपाली काङ्ग्रेसका नेता उमेश श्रेष्ठ भाई महेश श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेण्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । ईनम सापकोटा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका थिए । उनीसँग उच्च ओहदाका धेरै व्यक्तिहरुसँग सम्बन्ध रहेको बताइन्छ ।