काठमाडौँ, कात्तिक १८ गते । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।
बैठक आज बुधबार दिउसो १:०० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।
बैठकमा सरकारका कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ । यसअघि मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा अध्यादेश ल्याउनेसहित विभिन्न ६ वटा निर्णय गरेको थियो।




