काठमाडौँ, असोज ४ गते । जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ । नेपालले आज क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जीत निकालेको हो । नेपालले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१६ तथा तेस्रो सेट २५–२० अङ्कले जितेको हो ।

नेपालले यसअघि समूह चरणका दुवै खेलमा पराजय व्यहोरेको थियो । नेपाली टोली समूह चरणमा जापान र इन्डोनेसियासँग ३–० सोझो सेटमा पराजित भएको थियो ।