काठमाडौँ, साउन २७ गते । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रशिक्षण कार्यक्रम स्थगित भएको छ । साउन २९ देखि ३१ गतेसम्म सो पार्टीका प्रतिनिधिसभाका सांसदहरूलाई दिने भनिएको प्रशिक्षण कार्यक्रम स्थगित भएको हो ।
ललितपुरको गोदावरीमा पार्टीको नीति र संसदमा प्रभावकारी भूमिका खेल्ने लगायतका विषयमा रास्वपाका सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम निश्चित भएको मा प्रशिक्षण कार्यक्रम हुनुभन्दा दुई दिन अघि सो कार्यक्रम स्थगित गरिएको् छ । सहमहामन्त्री निशा डाँगीले समय अभावको कारण सांसदहरूको प्रशिक्षण कार्यक्रम स्थगित भएको जानकारी गराउनुभएको छ ।
रास्वपाले यसअघि गत वर्ष पनि २०८२ चैत ३ र ४ गते ललितपुरको होटल टुलिप र २०८३ सालको वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलमा रास्वपाका सांसदलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो ।




