काठमाडौँ, साउन २२ गते । सङ्घीय संसद् अन्तर्गत आजका लागि तय गरिएको राष्ट्रिय सभाको बैठक सारिएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजका लागि तय गरिएको बैठक यहि साउन २७ गते बुधबार अपराह्न १:१५ बजे बस्ने गरी सूचना जारी गरेर सारिएको हो ।
संसद् सचिवालयका महासचिव पाण्डेयद्वारा जारी सूचना अनुसार, आज साउन २२ गते शुक्रबार अपराह्न १:१५ बजे बस्ने गरी निर्धारण गरिएको बैठक साउन २७ गते बुधबार अपराह्न १:१५ बजे बस्ने तय गरिएको छ ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अध्यक्षले बैठकको नयाँ मिति र समय तोकेको सूचनामा उल्लेख छ ।





