काठमाडौँ, साउन २२ गते । प्रतिनिधिसभा अन्तर्गत रहेका विषयगत दुईवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।
बिहान १०:३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम छ ।
पूर्वाधार विकास समितिको बैठकमा विद्युत्को वितरण लाइन, विद्युत्का पोलहरू व्यवसथापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल गर्ने कार्यक्रम छ । समितिको बैठक बिहान १०:०० बजे बस्दैछ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १०:०० बजे बस्ने तय भएकोमा उक्त समितिको बैठक आजका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।




