नेपाल आयल निगमको कार्यकारी निर्देशक नागेन्द्र साह

काठमाडौँ, साउन २१ गते । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले साहलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

धनुषाको नगराइन नगरपालिका–३ निवासी चार्टर्ड एकाउन्टेन्ट साहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएको छ । निगमको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका साह खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा चयन हुनुभएको हो ।

निगमको कार्यकारी निर्देशक नियुक्तिको सिफारिस गर्न गठित समितिले यही साउन १७ गते उक्त पदमा नियुक्तिका लागि साहसहित प्यूठानका कौशल केसी र सप्तरीका सञ्जिकुमार देवको नाम सिफारिस गरेको थियो ।