काठमाडौँ, साउन १९ गते । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक तीन दिनका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आज मङ्गलबारको बैठक पछि सभामुख अर्यालले साउन २२ गतेसम्मका लागि बैठक स्थगित भएको जनाकारी गराउनुभएको हो ।
आज मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थिए। त्यो प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल समेत भएको थियो।
यसैगरी आजको बैठकको शून्य समयमा सांसदहरुले आ्आफ्नो तर्फबाट विभिन्न जिज्ञासा राख्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।




