काठमाडौँ, साउन १८ गते । विभिन्न सात राजनीतिक दलहरू मिलेर ‘अग्रगामी मोर्चा’ गठन गर्ने अन्तिम तयारी गरेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल लगायतका पार्टीहरू एउटै मोर्चामा आवद्ध हुन लागेका हुन्।
जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार यही साउन २३ गते शनिबार काठमाडौँ बैंकेट थापा गाउँ, बानेश्वरमा अग्रगामी मोर्चा घोषणा हुने भएको छ । मधेस, थरूहट, दलित तथा उत्पीडित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दलहरू एकीकृत भई बन्न लागेको यस मोर्चाको आधिकारिक घोषणा आगामी साउन २३ गते हुने भएको हो ।
राजनीतिक रूपमा फरक–फरक पृष्ठभूमि र भूगोलमा प्रभाव जमाएका यी दलहरूको एकीकृत मोर्चाले देशको राजनीतिमा नयाँ शक्ति सन्तुलन पैदा गर्ने अपेक्षा गरिएको छ ।




