काठमाडौँ, साउन १८ गते । सङ्घीय संसदको राष्ट्रियसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाको बैठक आज सोमबार दिउँसो १:१५ बजे बस्ने तय भएको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ ।

यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्नुहुनेछ ।

यसैगरी आजै सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको विषयगत विभिन्न समितिहरुको बैठक पनि बस्दैछन् । संसद् सचिवालयले जनाए अनुसार आज बिहान ११:०० बजे महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछन् ।

आजै दिउँसो १:०० बजे अर्थ समिति र २:०० बजे सार्वजनिक लेखा समितिको बैठक बस्ने छन् । यी सबै विषयगत समितिहरुको बैठक समितिका सभाहलमा बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।