काठमाडौँ, असार ३१ गते । सड्घीय संसद्को प्रतिनिधिसभा बैठक आगामी दुई साताका लागि स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक आगामी साउन १४ गते बस्ने जानकारी दिंदै आजको बैठक स्थगित गरिएको हो ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को बहुमतीय एकदलको सरकारको कार्यशैलीप्रति सदनदेखि सडकसम्म तीव्र विरोध र आलोचना बढ्दै गएपछि बाह्य र पार्टी भित्रको पनि आन्तरिक विवाद व्यवस्थापन गर्न सभामुखले बैठक दुईसातासम्मको लागि स्थगित गर्नुभएको विश्लेषण गरिएको छ । त्यसोत, रास्वपाको हालै चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनको समयमा पनि सड्घीय संसद्को बैठक नै एकहप्ताभन्दा बढी स्थगित गरिएको थियो ।

प्रतिनिधिसभाका सभामुख अर्याल स्वयम रास्वपाका उपाध्यक्षसमेत हुनु भएको र सोही दलबाट सभामुख बन्नुभएको हो । सभामुखमा निर्वाचित भएपछि सभामुख अर्यालले पार्टीको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । यद्यपि, उहाँ सोही पार्टीको निकट हुनुहुन्छ ।