संयुक्त राष्ट्रसङ्घ, असार ३० गते । अफगानिस्तानमा एक करोड ७० लाख भन्दा बढी महिला तथा बालिकाहरूलाई मानवीय सहायताको आवश्यकता रहेको अफगानिस्तानमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र कार्यालयले जनाएको छ । टोलो न्यूजले संयुक्त राष्ट्र सङ्घीय मनव अधिकार कार्यलयलाई उद्धृत गर्दै मङ्गलबार स्वास्थ्य, सुरक्षा र अन्य आवश्यक सेवाहरूको बढ्दो आवश्यकताका साथ महिला तथा बााबललिकाहरू देशको मानवीय संकटको बोझ झेलिरहेको जनाइएको हो ।

महिला स्वास्थ्य कार्यकर्ताको अभाव, घट्दो कोष र स्वास्थ्य सेवामा सीमित पहुँचले अफगानिस्तानको मातृ शिशु स्वास्थ्य सेवा प्रणालीलाई बढ्दो तनावमा पारेको संयुक्त राष्ट्रसङ्घघीय मानव अधिकार कार्यलयले जनाएको छ ।

यसले चुनौतीहरूले मातृ र नवजात मृत्युको सम्भावित स्वास्थ्य समस्या वृद्धिमा चिन्ता बढाएको तथा देशको स्वास्थ्य र मानवीय आवश्यकताहरू सम्बोधन गर्न दिगो मानवीय सहयोगको आवश्यकतामा ध्यान आकर्षण गरेको जनाएको छ ।