लेबनान, असार ३० गते । अमेरिकी मध्यस्थताको साथमा लेबनान र इजरायलले रोममा मङ्गलबार नयाँ वार्ता सुरु भएको जनाइएको छ भने वाशिङ्गटन र तेहरान बीचको क्षेत्रीय तनाव अझै चुलिएको छ । इजरायल र इरान समर्थित हेजबुल्लाहबिचको युद्धको अन्त्य गर्ने र शान्तिको लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले वासिङ्टनमा पाँच चरणको वार्ता पछि गत जुन २६ मा सम्झौतामा पुगेका थिए भने दुई देशहरू आधिकारिक रूपमा दशकौँ देखि युद्धमा थिए ।

तर हेजबुल्लाहले उक्त सम्झौतालाई अस्वीकार गरेको छ । सम्झौतामा हेजबुल्लाहको निशस्त्रीकरणको आह्वान गरिएको छ भने दक्षिणी लेबनानका विभिन्न क्षेत्रबाट इजरायली सेनाको फिर्ती सुरु हुने तय गरिएको छ ।

लेबनानका राष्ट्रपतिले यस अघि रोमका लागि यसको प्रतिनिधिमण्डललाई कुनै पनि थप छलफल अघि यी क्षेत्रहरूबाट इजरायली सेनाको तत्काल फिर्ता सुरु गर्न माग गर्न निर्देशन दिइएको जनाइएको छ ।

वार्तासँग परिचित लेबनानी कूटनीतिक स्रोतका अनुसार, लेबनानी सेना बिस्तारै इजरायली सेना फिर्ता लिने इलाकाहरूको नियन्त्रण लिन तयार छ ।

स्रोतका अनुसार इजरायलले लेबनानी सेनासँगको एक तटस्थ क्षेत्र र एक तटस्थ स्थानको रूपमा राख्न सक्ने क्षमता छ कि छैन भनेर पनि सुनिश्चित गर्न खोजेको जनाइएको छ ।

एक अमेरिकी सैन्य प्रतिनिधिमण्डलले शनिबार बेरुतमा लेबनानी सेनासँग यी मुख्य क्षेत्र मध्ये एक बाट इजरायली सेनाको फिर्तीको प्रक्रियामा छलफल सुरु गरिसकेको जनाएको छ ।
यस अघि हेजबुल्लाह र इजरायल बीचको युद्धमा युद्धविराम लागु भए पछि सम्झौता सम्पन्न भएको थियो ।

लेबनानी मिडियाका अनुसार इजरायली सेनाले दक्षिणमा सीमित आक्रमणहरू जारी राखेको छ भने आफ्नो कब्जामा रहेका गाउँहरूमा विध्वंस गरिरहेको छ ।

लेबनानी अधिकारीहरूका अनुसार मार्चको सुरुमा युद्ध सुरु भए देखि इजरायलको आक्रमणका कारण चार हजार ३०० भन्दा बढी मानिसहरूको ज्यान गएको छ ।

तेहरानले जुन –१७ मा वासिङ्टनसँग समझदारी ज्ञापनपत्र सम्पन्न गर्न लेबनानमा युद्धविरामको माग गरेको थियो ।

तर पछिल्लो समयमा अमेरिकाले मङ्गलबार इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबंदीको योजना बद्ध पुनस्र्थापना गर्नु अघि इरान विरुद्ध लगातार तेस्रो रात सम्म आक्रमण गरेको छ ।

हेजबुल्लाहले इरानको समर्थनमा इजरायलको रूपमा क्षेप्यास्त्र प्रक्षेपण गरेर मार्च –२ मा लेबनानलाई क्षेत्रीय युद्धमा तानेको थियो ।

तेहरानले हेजबुल्लाहलाई दीर्घकालीन प्रतिरोधात्मक औजारको रूपमा राख्न चाहेकोले र यसलाई तुरुन्तै नयाँ तरिका बाट अगाडी बढ्न नदिने योजनामा रहेको पनि आकलन गर्न थालिएको जनाइएको छ ।