विराटनगर, असार १३ गते । नेपाली काङ्ग्रेसका नेता अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज शनिबार बिहान विराटनगर मधुमारास्थित घरबाट गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूबाट असुली गरेको र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा गिरीलाई आज शनिबार बिहान विराटनगर मधुमारास्थित उहाँकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहानैदेखि प्रहरीले गिरीको घर घेरा हालेर खानतलासी गरेको र गिरिलाई कारागारमा अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको हो । गिरिले शङ्कास्पद वस्तु राखेको आशङ्कामा प्रहरीले छापा मारेको र थप अध्ययनका लागि नियन्त्रणमा लिएको जनाएको छ ।


खानतलासीका क्रममा घर वा गाडीमा कुनै शंकास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि उहाँलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । विगतमा अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरेका गिरी हाल नेपाली काङ्ग्रेसको राजनीति र सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ ।