बागलुङ, असार १३ गते । सञ्चारकर्मी खेमराज गौतम ‘आर्थिक खोजमूलक पुरस्कार–२०८२’ बाट पुरस्कृत पुरस्कृत हुनुभएको छ । राष्ट्रिय समाचार समिति बागलुङ गलकोटका समाचारदाता गौतमलाई बागलुङ उद्योग वाणिज्य सङ्घले पुरस्कृत गरेको हो ।
उद्योग वाणिज्य सङ्घले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कार प्रदान गर्दै आएको छ । वाणिज्य सङ्घको ६२औँ वार्षिक साधारणसभाका अवसरमा आज गौतमलाई नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैध र गण्डकी प्रदेश अध्यक्ष नरेश कँडेलले नगद रु १० हजारसहित सम्मान पत्रले पुरस्कृत गर्नुभएको हो ।
गौतमले आर्थिक क्षेत्रको विकासमा टेवा पुर्याने गरी प्रचारप्रसार गरेको भन्दै पुरस्कृत गरेको हो । गौतम विसं २०७० देखि सक्रिय रूपमा पत्रकारिता गर्दै आउनुभएको छ । विसं २०७५ देखि राससमा आबद्ध हुनुभएका गौतम बागलुङमा प्रकाशित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार अनलाइनमा काम गर्दै आउनुभएको छ । उहाँ नेपाल पत्रकार महसङ्घ बागलुङका कोषाध्यक्षसमेत हुनुहुन्छ ।




