प्रतिकात्मक तस्वीर
काठमाडौँ, असार १३ गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई, सुनसरी र काठमाडौँबाट एकरएक जनालाई पक्राउ गरिएको हो ।

    प्रहरीले उनीहरूका साथबाट लागुऔषध गाँजा, अफिम र खैरो हेरोइन तथा चिकित्सको सिफिारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको छ ।