काठमाडौँ, जेठ १७ गते । प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुले मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

युवा सङ्घ नेपाल र अनेरास्ववियुले आज आइतबार प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको छ भनी दिनुभएको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेको हो ।