काठमाडौँ, जेठ १७ गते । विपक्षी सांसदहरूको नाराबाजीकैबीच ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ पारित भएको छ । सभामुख डोलप्रसाद अर्यालले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।
सभामुख अर्यालले संशोधन प्रस्तावहरूलाई संसदीय समितिमा नपठाई निर्णयार्थ प्रस्तुत गर्दा संसद्मा सत्तापक्ष र विपक्षी सांसदबीच घम्साघम्सी भएको हो ।

नियमावलीको नियम २५९ मा सांसदहरूका लागि ‘नियमावली लागु हुने’ सम्बन्धी प्रावधान छ । समितिका सभापति गणेश पराजुलीले सो प्रतिवेदन पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।


त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित भयो । स्थगित भएर दोस्रो बैठक पुनः बैठक बस्दा पनि विपक्षी दलले विरोध र नाराबाजी जारी राखेपछि मर्यादापालकको घेराभित्र रहेर सभामुखले सदन अघि बढाएर प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गरी बहुमतले नियमावली पारित भएको घोषणा गर्नुभयो ।