काठमाडौँ, वैशाख २९ गते । प्रतिनिधिसभाको बैठक अहिले दिउँसो १:०० बजेबाट सुरु भएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने बताइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नुहुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।





