काठमाडौँ, वैशाख २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । प्रवक्ता मनिष झाका अनुसार बैठक भोलि बुधबार बिहान ९ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी आह्वान गरिएको हो ।
पार्टी सभापति रवि लामिछानेले बुधबार बिहान पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी आह्वान गर्नुभएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता झाले जानकारी दिनुभयो । साथै बैठकमा मुलुकको समसामयिक विषयमा पनि छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।





