काठमाडौँ, वैशाख २४ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय विजेसेकराले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गासहित प्रतिनिधिसँग भएको भेटमा उहाँहरूबीच बालकल्याण, स्वास्थ्य, शिक्षा तथा खानेपानी, सरसफाइलगायत विभिन्न क्षेत्रमा नेपाल र युनिसेफबीच जारी सहकार्यसम्बन्धी विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।