काठमाडौँ, वैशाख १७ गते । विपक्षी दलहरूले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको नेपाली काङ्ग्रेस, नेकपा एमाले, र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकको संयुक्त बैठकले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकमा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दङ्गाल, नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापा र नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालको सहभागिता रहेको थियो।

आज बसेको विपक्षी दलको बैठकले उपत्यकालगायत देशका विभिन्न भागमा रहेका सुकुमवासी र अव्यवस्थित बसोवासीहरुको पहिचान नगरीकन वैकल्पिक आवासको सुनिश्चितता नगरी बस्तीमा डोजर लगाएकोप्रति सरकारको कामप्रति विरोध र नागरिकको आवासको हक सुनिश्चित गर्दै सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

विपक्षी दलको निर्णयमा उल्लेख गरिएको छ, ‘यतिबेला काठमाडौं उपत्यकासमेत देशका विभिन्न स्थानमा सुकुमवासी र अव्यवस्थित बसोवासी नागरिकको छानविन, लगत सङ्कलन र पहिचान नगरी तथा वैकल्पिक आवासको सुनिश्चिता नगरी बस्ती हटाउने कार्य तीव्र पारिएकोप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । हामी सरकारको यो रवैयप्रति आपत्ति र विरोध गर्दछौं । यो अवस्थामा त्यस्ता वस्तीमा बसोवास गर्ने नागरिकहरुमा व्यापक असुरक्षा, भय र त्रासको स्थिति सिर्जना भएको छ ।’

1
2