काठमाडौँ, वैशाख ११ गते । प्रतिनिधिसभाको तेस्रो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले सांसद महरलाई प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो ।

एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुने गरि महरलाई प्रतिनिधिसभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।
एमाले सांसद महर गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बझाङबाट निर्वाचित हुनुभएको थियो ।