काठमाडौँ, वैशाख ११ गते । नेपाली काङ्ग्रेसको संसदीय दलको नेता चयनका लागि आज हुने भनिएको निर्वाचन स्थगित भएको छ । प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयनका लागि निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा आज बसेको काङ्ग्रेस संसदीय समिति बैठकले निर्वाचन स्थगित गरेको हो ।
दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको थियो । उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना सदस्य भुसाल र राजु कटुवाल हुनुहुन्थ्यो ।
निर्वाचन समिति सदस्य मुना भुसालका अनुसार अब कहिले हुने भन्ने निर्वाचनको नयाँ मिति तोकिएको छैन । नेताहरूबीच दलको नेता चयनको विषयमा सहमति जुट्न नसक्दा आज हुने भनिएको निर्वाचन नै स्थगित भएको छ ।







