काठमाडौँ, वैशाख ११ गते । सरकारले काठमाडौँको थापाथलिस्थित सुकुमवासी बस्ती खाली गराउने तयारी अघि बढाएसँगै सुकुमवासीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले सुकुमबासी बस्ती हटाउने तयारी थालेपछि सुकुमबासी बस्तीमा बस्दै आएकाहरू सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा जान लागेका हुन् ।

आफूहरूलाई नहटाउन दबाब दिनका लागी उनीहरू वनस्थलीस्थित पार्टी कार्यालयमा जान लागेका हुन् । सरकारले उपयुक्त विकल्प नदिइ आफूहरूको बासस्थान खाली गराउन लागेको भन्दै उनीहरू आक्रोशित भएका हुन् । आज शुक्रबार बिहानैदेखि सरकारको निर्णयको विरोध गर्दै सुकुमवासी क्षेत्रका मानिसहरूले प्रदर्शन गरेका थिए ।

आक्रोशित भएका उनीहरु सत्तारुढ रास्वपा कार्यालयमा जाने भएपछि रास्वपा कार्यालयको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने बाक्लो सङ्ख्यामा नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।