धनुषा, वैशाख ११ गते । मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । मधेस प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरेर मधेस प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको जनाएको हो ।

मन्त्रिपरिषद्को यही वैशाख ९ गतेको बैठकले आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।