तनहुँ, वैशाख ११ गते । निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ ।
खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले केन्द्र सञ्चालन गरेको हो । लामो समयदेखि प्रयोगमा नआएको उक्त केन्द्र रु दुई करोड ३० लाखमा निर्माण गरिएको हो ।
कृषि उत्पादन प्रोत्साहन तथा बजारीकरण परियोजनाअन्तर्गत बीउपँुजी घुम्ती कोष सञ्चालन कार्यक्रम सञ्चालनका लागि हालै नगरपालिका र सहकारीबीच सम्झौता भएपछि बिहीबारदेखि केन्द्र सञ्चालन भएको हो ।
नगर प्रमुख कृष्णराज पण्डितले कानुनी प्रक्रिया पु¥याएर कृषिउपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनका लागि यस अगाडि प्रयास गरिए पनि कोही सम्पर्कमा नआउँदा ढिलाइ भएको राससलाई बताउनुभयो ।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण भएको केन्द्रमा रु दुई करोड ३० लाख लगानी भएको छ ।







