काठमाडौँ, वैशाख ९ गते । नेपाली काङ्ग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू पक्षीय नेताहरूको बैठक डाक्नुभएको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट सभापति चयन हुनुभएका गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिएपछि पूर्वकार्यवाहक सभापति खड्काले आगामी मङ्गलबार आफू पक्षीय निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाउनुभएको हो ।
खड्काले वैशाख १५ गते महाराजगञ्जस्थित स्मार्ट होटलमा बस्ने गरी निवर्तमान केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सभापतिहरुलाई बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको हो ।
वैशाख ६ गते सभापति थापाले निवासमै पुगेर खड्कासँग भेट गरी छलफल गर्नुभएको थियो । सो भेटका क्रममा खड्काले सभापति थापासँग एकताका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गरे पनि संस्थापन पक्षले प्रस्ताव नल्याउँदै उहाँले आफू पक्षका निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाउनुभएको छ । वैशाख ६ गते उहाँहरुबीच भएको भेटमा काङ्ग्रेसलाई एकताबद्ध बनाएर लैजाने विषयमा कुराकानी भएको थियो ।







