काठमाडौँ, वैशाख ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले आज बुधबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभए पछि राष्ट्र्पतिले उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई दिनुभएको हो ।
अर्को व्यवस्था नभएसम्म गृह मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।







