फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुतेर्ते

द हेग, वैशाख ९ गते । अन्तरराष्ट्रिय फौजदारी अदालतका न्यायाधीशहरूले फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुतेर्तेले अदालतको क्षेत्राधिकारबिरूद्ध दिएको चुनौतीलाई खारेज गरिदिएका छन् । आज बुधबार अदालतको क्षेत्राधिकारबिरूद्ध दिएको चुनौतीलाई खारेज गरिदिएको हो ।

अझै पनि लागूपदार्थ विरुद्धको युद्धको विरूद्धमा फिलिपिन्सका पूर्व राष्ट्रपतिविरूद्ध मुद्दा चलाउन सकिने अन्तरराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
फिलिपिन्सका पूर्व शासक ८१ वर्षीय डुतेर्तेले हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा मानवताविरुद्धको तीन अपराधको सामना गरिरहनुभएको छ। सन् २०१३ देखि सन् २०१६ सम्म डाभाओ शहरको मेयर र सन् २०१९ को मार्चसम्म उहाँ राष्ट्रपति रहँदा लागूपदार्थ विरुद्धको युद्धको नाममा अपराध गरेको आरोप लागेको हो ।

डुतेर्तेको प्रतिरक्षा समूहले फिलिपिन्स अहिले ‘रोम विधान’ को अधीनमा नभएको भन्दै फिलिपिन्समा भएको कथित अपराधबारे अदालतको क्षेत्राधिकार नभएको तर्क गरेको थियो । अभियोजनकर्ताले फिलिपिन्स आईसीसीको सदस्य रहँदा कथित अपराधहरू भएको र त्यसैले न्यायाधीशहरूले डुतेर्तेको मुद्दामा निर्णय गर्न सक्ने प्रतिवाद गरेका छन् ।

अक्टोबरमा आईसीसीको प्रि–ट्रायल च्याम्बरले अभियोजनकर्ताको पक्ष लिएको थियो र दुतेर्तेमाथि फिलिपिन्स फिर्ता हुनुअघि नै अनुसन्धान सुरु भएको फैसला गरेको थियो । पुनरावेदन अदालतले त्यो निर्णयमा प्रतिरक्षा टोलीको चुनौतीलाई खारेज गरिदिएको हो ।

अदालतका न्यायाधीश ‘लुज डेल कारमेन इबानेज कारान्जा’ले पुनरावेदनका चारै आधारलाई अस्वीकार गरेको बताउनुभयो । “पुनरावेदन कक्षले सम्पूर्ण अपिल अस्वीकार गरिसकेपछि पूर्व नेता डुतेर्तेको तत्काल र बिना शर्त रिहाइको लागि प्रतिरक्षा अनुरोधको कुनै कानुनी मान्यता रहने छैन,” उहाँले थप्नुभयो ।

डुतेर्तेका वकिल निकोलस काउफम्यानले डुतेर्तेको सुनुवाइ आइसिसीमा बाँकी रहेको एक मुद्दा भएकाले आफू फैसलाबाट आश्चर्यचकित नभएको बताउनुभएको छ।

“पुनरावेदनलाई अनुमति दिँदा अदालतको सूची व्यावहारिक रूपमा खाली हुने थियो,“ उहाँले एएफपीलाई जानकारी दिनुभयो ।

एक छुट्टै प्रक्रियामा न्यायाधीशहरूले डुतेर्तेबिरूद्धका आरोपहरू पुष्टि गर्ने कि नगर्ने भनेर विचार गरिरहेका छन्, जुन सुनुवाइ अघिको अन्तिम चरण हो, यो एसियाका पूर्व राष्ट्र प्रमुखविरुद्धको पहिलो मुद्दा हुनेछ।

फेब्रुअरीमा भएको सुनुवाइमा अभियोजनकर्ताले डुतेर्तेले लागूऔषध विरुद्धको युद्धका क्रममा हजारौँ मृत्युका लागि जिम्मेवार रहेको आरोप लगाएका थिए।

उहाँको प्रतिरक्षाले डुतेर्तेको लागूऔषध प्रयोगकर्ता र वास्तविक हत्याविरुद्धका उग्र धम्कीलाई प्रत्यक्ष रूपमा जोड्ने कुनै आधार नभएको बताएको छ । जे भए पनि डुतेर्ते अदालतमा उपस्थित हुने सम्भावना छैन।

डुतेर्तेको प्रतिरक्षा टोलीले उहाँ मानसिक रूपमा स्वस्थ नभएको भन्दै उपस्थित नहुन गरेको उहाँको अनुरोधलाई स्वीकार गरेको थियो । निवेदनमाथि अदालतले फेब्रुअरीमा सुनुवाई गरेको थियो ।

उहाँको गिरफ्तारी र हेगमा स्थानान्तरणपछि उहाँनी एक मात्र पटक भिडियोलिंक मार्फत प्रारम्भिक उपस्थितिमा देखा पर्नुभएको थियो, जसमा उहाँ मुद्दा र घटनाबारे भ्रमित र थकित रूपमा देखा पर्नुभएको थियो ।

उहाँ बिहीबार निर्णय सुनाउँदा पनि उपस्थित हुनुभएको थिएन ।