काठमाडौँ, वैशाख ६ गते । नेपाली काङ्ग्रेसको संसदीय दलको नेता चयन गर्नका लागि आगामी मङ्गलबार निर्वाचन हुने भएको छ । सिंहदरबारस्थित काङ्ग्रेस संसदीय दलको कार्यालयले आगामी मङ्गलबार दलको नेता चयनको निर्वाचन हुने कार्यक्रम तय भएको जानकारी दिएको हो ।
दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सर्वजनिक भइसकेकाले उपत्यकामा भएका सांसदहरूलाई बाहिर नजान र उपत्यका बाहिर रहेको भए सोमबारसम्म काठमाडौँ आइपुग्न मोबाइलमा एसएमएस मार्फत् आग्रह गरिएको छ ।
दलले सांसदहरूलाई पठाएको सूचनामा ‘नेका संसदीय दलको निर्वाचन वैशाख ८ गते हुने हुँदा काठमाडौँ उपत्यका बाहिर रहनुभएका माननीय ७ गतेभित्र आउनुहुन र उपत्यकामा हुनु भएका माननीय बाहिर नजानु हुन जानकारी गराइन्छ’ भनी उल्लेख गरिएको छ ।







