काठमाडौँ, वैशाख ५ गते । स्वास्थ्य उपचारार्थ अस्पतालमा रहनुभएका पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थामा सुधार भएपछि त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जले आज शनिबार साँझ उहाँलाई डिस्चार्ज गरेको हो ।


पूर्वप्रधानमन्त्री ओली केही दिन अघिदेखि उपचारका लागि शिक्षण अस्पतालमा हुनुहुथ्यो । केही दिन अघि उहाँको पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरिएको थियो ।