१७ भदौ २०७८, बिहिबार
काठमाडौं – सरकारले सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्थासहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कार्यालयको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी ...
१७ भदौ २०७८, बिहिबार
प्रतिकात्मक तस्वीरकाठमाडौं – पश्चिम चितवनको जगतपुरमा गैँडाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ की ३८ वर्षीया सम्झना दराई रहेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ । कार्यालयका अनुसार स्थानीय ...
१७ भदौ २०७८, बिहिबार
डोटी– जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । जिल्लामा अहिले एक महिनादेखि प्रमुख जिल्ला अधिकारी नहुँदा झनै समस्या उत्पन्न भएको छ । यहाँ कार्यरत प्रमुख जिल्ला ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा आज बुधबार साँझ ६:५१ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार लगातारको उपचारपछि पनि उनको स्वास्थ्यमा ...
१६ भदौ २०७८, बुधबार
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झण्डै रु आठ लाख बढीको क्षति भएको जनाइएको छ । ...
१६ भदौ २०७८, बुधबार
मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोरङकै पथरी शनिश्चरे नगरपालिका–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानमा ...
१६ भदौ २०७८, बुधबार
प्रतीकात्मक तस्वीर अर्घाखाँची – पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले ...
१६ भदौ २०७८, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिका, १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । ३० लाख ७ हजार रुपैयाँ नगदसहित हिजो मङ्गलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको छ । आज देशभर सामान्य बदली रही प्रदेश नं एक, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग ...
१५ भदौ २०७८, मङ्गलबार
काठमाडौं – श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौं–श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०:२४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजमा १ सय ...