१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह ★   भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति

धर्म /संस्कृति

दिदीबहिनी नहुनेहरूले आज बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

काठमाडौँ, असोज ६ गते । तिहारको प्रमुख भाइटीकाका दिन आज काठमाडौँको ऐतिहासिक रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइले टीका लगाउँदै आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका छन् । ...

मिथिलामा आज ‘भैयादुज’ पर्व

महोत्तरी, कात्तिक ६ गते । महोत्तरीसहित तराई–मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ ...

यमद्वितीयमा बाँकेका मधेशी महिलाद्वारा ‘भुर्की पूजन’

बाँके, कात्तिक ६ गते । पश्चिम नेपालका मधेसी समुदायमा तिहारको मुख्य दिन आज यमद्वितीया अर्थात् ‘भैयादुज’ मा भुर्की पूजन गरी आ–आफनो दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाई खवाएर मनाउँदै छन् । आज भाइटिकाको मुख्य ...

आज तिहारको पाँचौँ दिनः गोवर्द्धन, बलि, गोरु र हलि पूजा सम्पन्न

काठमाडौँ, कात्तिक ५ गते । तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बलि, गोरु, हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजाआजा गर्ने ...

पर्सामा छठपर्वको तयारी

पर्सा, कात्तिक ५ गते । पर्सा जिल्लामा आसन्न छठपर्व नजिकिँदै गएपछि यहाँका पोखरी तथा नदी किनारामा विभिन्न प्रकारको सजावटसहितको सिँगारिने काम भइरहेको छ । ...

छठपर्व नजिकिँदा बाँसका सामानको माग बढ्यो

महोत्तरी, असोज २९ गते । तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बुनिएका सामानको माग बढेको छ । पर्वमा चोखोनीतोसाथ पूजा सामग्री राखनधरन गरिन र विधिमै प्रयोग गर्न बाँसका ...

कात्तिक ६ गते ११:३९ बजे भाइटीकाको उत्तम साइत

काठमाडौँ, असोज २८ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले ...

वर्षाका बाबजुद नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम जारी

काठमाडौँ, असोज १९ गते । शुक्रबार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि ...

मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा सम्पन्न

भादगाउँ, असोज १८ गते । बडादसैँको ११ औँ दिन पापाङ्कुशा एकादशीको अवसरमा शुक्रबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ । तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कुस्थित तलेजु ...

दसैँको दोस्रो दिनः आज पनि टीका लगाइँँदै

काठमाडौँ, असोज १७ गते । बडादसैँको दोस्रो दिन आज काठमाडौँ उपत्यकालगायत देशका अधिकांश भागमा मान्यजनबाट टीका थाप्ने तथा आशीर्वाद लिने क्रम जारी छ । दसैंको टीका पूर्णीमाको दिनसम्म लगाउने नेपाली परम्परा रहेकाले आज दोस्रो दिन ...