१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

गण्डकी प्रदेश

चाडपर्वको बेला चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

म्याग्दी, असोज ३० गते । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन । श्रीमान् गुमाउनुको पीडा, बस्ने घर र गोठ पहिरोले बगाएको चोट तथा खेतीयोग्य जमिन बगरमा परिणत ...

पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

म्याग्दी, असोज ३० गते । म्याग्दीको बेनी नगरपालिका–९ ढोल्ठानमा स्वयंसेवकहरूले श्रमदान गरेर पहिरो प्रभावितहरूका लागि अस्थायी आवास निर्माण गरेका छन् । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गएको पहिरोले ढोल्ठानका रामचन्द्र परियार ...

विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन

म्याग्दी, असोज २९ गते । विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुन आज मनसुनजन्य विपद्बाट पुगेको क्षतिको निरिक्षणका लागि म्याग्दीमा आउनुभएको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र ...

फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन

म्याग्दी, असोज २९ गते । नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ । कतै घर लिपपोत गरेर चिटिक्क पारिँदैछ त कतै दसैँका लागि भेडाच्याङ्ग्राको जोहो गरिँदैछ । चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा ...

बाढीले विगारेको सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन

प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्डम्याग्दी, असोज २९ गते । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालनमा आएको छ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी ...

तनहुुँको घिरिङ र नवलपुरको डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा

तनहुँको घिरिङ र नवलपुरको डेढगाउँ जोड्ने मर्मत पछि पक्की पुल तनहुँ, असोज २९ गते । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । तनहुँको घिरिङ ...

लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

लमजुङ दरबारको कालिका भगवती मन्दिरलमजुङ, असोज २९ गते । बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । समयसँगै पूजाको सङ्कल्प फेरिए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक ...

दसैँमा खेलिने लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग

नवलपुर, असोज २९ गते । दसैँमा लिङ्गे पिङ हाल्नका लागि नवलपुर (बर्दघाट–सुस्तापूर्व)मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–२ को कार्यालयले वडाका सम्पूर्ण टोल विकास संस्थालाई लिङ्गे पिङ राख्नका लागि आर्थिक ...

बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

गोरखा, असोज २८ गते । बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत्विहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् ...

कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ, असोज २८ गते । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएको छ । यसरी कोरलानाकाबाट ...