१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने ★   धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै ★   गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही ★   काङ्ग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल ★   लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

गण्डकी प्रदेश

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

म्याग्दी, कात्तिक ५ गते । बेनी नगरपालिका–३ मुसुङ गाउँमा परीक्षणका रुपमा लगाइएको अलैँचीखेती सफल भएको छ । परीक्षणका लागि तीन वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो । ...

विपद्का कारण राजमार्ग प्रभावित

विपद्का कारण राजमार्ग प्रभावितकास्की, कात्तिक ५ गते । बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा ...

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ, कात्तिक ३ गते । नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी पर्वसँग जोडिएको गोरखाको लिगलिगकोटको परम्परा पनि नेपालको इतिहासमा चर्चित छ । प्रचलित जनश्रुतिअनुसार विजयादशमीका दिन लिगलिगकोटमा दौड आयोजना गरिन्थ्यो र दौडमा ...

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि करोडौँ राजस्व सङ्कलन

पोखरा, कात्तिक ३ गते । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व सङ्कलन हुने गरेको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू ...

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा, कात्तिक २ गते । वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन् । परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना ...

म्याग्दीको मालिका गाउँपालिका दरवाङमा सडक कालोपत्र

म्याग्दी, कात्तिक २ गते । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र भएको छ । पश्चिम म्याग्दीको ब्यापारीक केन्द्रको रुपमा चिनिने दरवाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो । गत आर्थिक वर्ष ...

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

तनहुँ, कात्तिक १ गते । आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको व्यवस्था तथा भवन निर्माणलाई प्राथमिकता दिँदै पूर्वाधार विकासका काम अघि बढाएको छ । पाँच ठूला आयोजना प्राथमिकतामागाउँपालिकाले ग्रामीण बस्तीलाई मुख्य सडक ...

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ, कात्तिक १ गते । हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ । विगतमा दसैँ नजिकिएसँगै रातो माटो र कमेरोले घर पोत्दा गाउँबस्ती नै ...

सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

कास्की, असोज ३१ गते । सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ । आगामी फागुन २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण भइरहेको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम ...

पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

तनहुँ, असोज ३० गते । तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । स्थानीयको आवश्यकता र उत्पादनसँग जोडिएका योजनालाई प्राथमिकतामा राख्दै सडक, पुल, खानेपानी, सिँचाइ तथा ...