काठमाडौँ, मङ्सिर १ गते । भोटेकोशी बाढीमा परेर बेपत्ता हुनुभएका पत्रकार टेकराज थामीकी छोरीलाई पाकिस्तान सरकारले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले पत्रकार टेकराज थामीकी नौ कक्षामा अध्ययनरत छोरी कृतिकालाई पाकिस्तान सरकारले छात्रवृत्ति प्रदान गर्ने जानकारी गराउनुभएको हो ।

राजदूत खानले कृतिकालाई माध्यमिक विद्यालयसम्मको छात्रवृत्ति उपलब्ध गराउने जानकारी गराउँदै कृतिकाको पठनपाठनमा सघाउ पुगोस् भनेर दूताबासका तर्फबाट सहयोगस्वरुप एक थान ल्यापटप पनि प्रदान गर्नुभएको थियो । 

त्यस अवसरमा राजदूत खानले भोटेकोशी बाढीले पु्र्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै एक मित्र राष्ट्रका हैसियतले पाकिस्तान सरकारका तर्फबाट दूताबासले पत्रकार थामीको परिवारलाई सो सहयोग गरेको बताउनुभयो ।