मकवानपुर, मङ्सिर १ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राज्यको राजस्व वृद्धि सम्भव नहुने बताउनुभएको छ ।राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आज आन्तरिक राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
मुख्यमन्त्री थापा मगरले उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरी करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिंदै कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताउनुभयो । करको भार बढाउनुभन्दा कर तिर्न सक्ने नागरिक र व्यवसायको सङ्ख्या बढाउने नीति आवश्यक रहेको उहाँको भनाइ थियो ।
यस वर्षको कर दिवसको नारा ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने रहेको छ ।





