काठमाडौँ, कात्तिक १८ गते । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणा भारतका विदेश सचिव विक्रम मिस्री आज नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका सचिव राईको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय समकक्षी मिस्री दुई दिने नेपाल प्रमणमा आउन लाग्नुभएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई देशका समकक्षी सचिवबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने छ । भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबिच द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलले दुई देशबिच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।
दुईदिने नेपाल बसाइका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग पनि शिष्टाचार भेट गर्नुहुने कार्यतालिका रहेको छ । भारतीय विदेश सचिव मिस्रीको यतिबेलाको नेपाल भ्रमण सचिवस्तरीय भनिएता पनि नेपालको आन्तरिक राजनीतिकसँग सम्बन्धित रहेको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको कार्यशैलीले नेपाल भूराजनीति पेचिलो बन्दै गइरहेको बेला भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव मिस्री कात्तिक १९ गते काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।




