काठमाडौँ, असोज २८ गते । कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए ।

कुटपिटबाट बेहोस भएका रोशनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । पक्राउ परेका अन्य दुई जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । रासस