काठमाडौँ, असोज २४ गते । नेपाली काङ्ग्रेसको नयाँ कार्यसमितिका उपसभापति र महामन्त्रीको मतगणना केहीबेर अघिमात्रै सुरु भएको छ । मतपेटिकाको विषयमा विवाद उत्पन्न भएपछि रोकिएको मतगणनाको कार्यक्रम विवाद साम्य भएपछि बेलुकी ७:३० बजेबाट मतगणना प्रक्रिया सुरु भएको निर्वाचन समितिले जनाएको हो ।

उम्मेदवार र प्रतिनिधिले एउटा मतपेटिका कम भएको र दुई वटा मतपेटिकाको सिलबन्दी खोलिएको अवस्थामा भेटिएको भन्दै मतगणनामा अवरोध घडागरेपछि मत गन्ने कार्यमा ढिलाइभएको थियो । विवाद समाधान भएपछि उपसभापति र महामन्त्रीको मतगणनाको काम अघि बढाइएको निर्वाचन समितिले बनाएको छ ।

यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल र उहाँहरु कै रोहवरमा मतगणनाका लागि मतपेटिका खोलिएको थियो ।