विराटनगर, असोज २४ गते । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको अनुसार आज शनिबार मध्यराति १२ बजेदेखि चालु नवौँ अधिवेशन अन्त्य भएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिसका आधारमा अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।