भक्तपुर, असोज ११ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर तथा प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले आज राष्ट्रिय विभूति शङ्खधर साख्वाः सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । मध्यपुरथिमि शङ्खधर चोकस्थित राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले सञ्चालन गरेको सङ्ग्रहालयको मुख्यमन्त्री थापाले अवलोकन गर्दै साख्वाःको योगदानकाबारेमा जानकारी लिनुभएको थियो । उहाँले शङ्खधर साख्वाःको योगदानलाई देशभर फैलाउँदै नेपाल संवत समग्र नेपालीहरुको संवत भएको प्रचार गर्नु आवश्यक रहेको बताउनुभयो ।

मन्त्री प्रजापतिले नेपाल सम्बत र शंखधर साख्वाःको योगदानको संचालित गतिविधि चासो दिनु भएको थियो । अवलोकन गर्न जानुभएका प्रतिनिधिसभा सदस्य मदनकृष्ण श्रेष्ठ, प्रदेश पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुबेदीलगायतलाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम प्रजापतिले शङ्खधर साख्वाःको योगदानका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले तीन तहकै सरकारले साख्वाःको संग्रहालयको बिस्तार गर्न आग्रह गर्नुभयो ।