काठमाडौँ, भदौ १५ गते । रसुवाको भोटेकोशी बाढीमा गत बुधबार आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज आज ल्याइएको छ । अस्पतालमा ल्याइएका ९४ शवमध्ये ४८ जनाको पोस्टमार्टम भइसकेको र ३७ जनाको पोस्टमार्टम गर्न बाँकी रहेको फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले बताउनुभयो ।
अस्पतालमा ल्याएका ९४ शवमध्ये नौ जनाको शवमात्र पहिचान गरि परिवार तथा आफन्तलाई जिम्मा लगाईसकेको छ ।




