काठमाडौँ, साउन १३ गते । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । राष्ट्रियसभाका अध्यक्ष दाहाल राष्ट्रपति पौडेललाई भेट्न महाराजगञ्जस्थित राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको हो ।
भेटका क्रममा अध्यक्ष दाहालले राष्ट्रपति पौडेल समक्ष मुलुकको वर्तमान राजनीतिक अवस्था र राष्ट्रियसभामा भइरहेका विभिन्न संसदीय गतिविधिहरुका बारेमा जानकारी गराउनुको साथै संसद्को प्रभावकारिता, सदनमा विचाराधीन विधेयकहरू र आगामी कार्यसूचीका विषयमा समेत सामान्य छलफल भएको बताइएको छ ।
राष्ट्रपति पौडेलले संसदीय प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरणमा राष्ट्रियसभाको भूमिकाबारे चासो राखेको सचिवालयले जनाएको छ ।




