काठमाडौँ, साउन १३ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई जितका लागि २२६ रनको लक्ष्य दिएको छ ।

नेदरल्यान्ड्सको युट्रेच्ट सहरस्थित स्पोर्टपार्क मार्सचालकरविर्ड मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रनको योगफल बनायो ।

नेदरल्यान्ड्सका लागि नोआ कोर्सले सर्वाधिक ७० रनको योगदान दिए । त्यस्तै कप्तान स्कट एडवार्डसले ५७ रन बनाए । लोगान भ्यान विक २७ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले दुई तथा हेमन्त धामी र ललितनारायण राजवंशीले एक एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।