नयाँदिल्ली, असार २६ गते । भारतको दक्षिणी राज्य केरलमा पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको उद्धारकर्ताहरूले जनाएका छन् । घटना स्थलबाट एउटा शवको बरामद गरिसकेको अधिकारीहरूले शुक्रबार बताएका छन् । पछिल्लो उद्धार प्रयास पछि एक जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।

केरलाको राजधानी सहर तिरुअनन्तपुरमबाट करिब ४८८ किलोमिटर उत्तरमा वायनाड जिल्लाको कल्लाडीमा रहेको मीनाक्षी पुल नजिकै मङ्गलबार भारी वर्षाको कारण पहिरो गएको अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरूका अनुसार मलप्पुरम र वायनाड जिल्लाहरूलाई जोड्ने अनक्कम्पोयिल–मेप्पाडी टनेल सडक परियोजना नजिकै पहिरो गएको हो ।